४ असार २०८३, बिहिबार । June 18, 2026

सुक्खा पहिरोले नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध


३ असार २०८२, मंगलबार  

51
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः एकपटक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा खसेको सुक्खा पहिरोका कारण आज मध्यान्नदेखि सडक ठप्प बनेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार पहिरो खसेपछि यातायात पूर्णरूपमा रोकिएको छ। उनले पहिरो हटाउन सडक विभागका मेसिन परिचालन गरिएको जानकारी दिए।

“हालै मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ,” प्रहरी निरीक्षक सिंहले भने, “सडक खुल्न अझै दुई घण्टाभन्दा बढी समय लाग्न सक्छ।” यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा केही समय प्रतीक्षा गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा