१ माघ २०८२, बुधबार । January 14, 2026

सुक्खा पहिरोले नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध



चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः एकपटक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा खसेको सुक्खा पहिरोका कारण आज मध्यान्नदेखि सडक ठप्प बनेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार पहिरो खसेपछि यातायात पूर्णरूपमा रोकिएको छ। उनले पहिरो हटाउन सडक विभागका मेसिन परिचालन गरिएको जानकारी दिए।

“हालै मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ,” प्रहरी निरीक्षक सिंहले भने, “सडक खुल्न अझै दुई घण्टाभन्दा बढी समय लाग्न सक्छ।” यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा केही समय प्रतीक्षा गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले