२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लगातार वर्षापछि देशभरका छ राजमार्ग अवरुद्ध, यातायात प्रभावित


३ असार २०८२, मंगलबार  

156
Shares

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा खसेको पहिरो र बाढीका कारण आज मात्रै छवटा प्रमुख सडक अवरुद्ध भएका छन्।

यसले देशभर यातायात व्यवस्था अस्तव्यस्त बनाएको छ। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण मुलुकका विभिन्न राजमार्गका खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ।

कहाँ–कहाँ छन् अवरोध?

  • ललितपुर: बागमती गाउँपालिका–३ स्थित छपेलीमा पहिरो खसेर कान्ति लोकपथ आज बिहानैदेखि अवरुद्ध भएको छ।
  • सिन्धुपाल्चोक: भोटेकोशी गाउँपालिकाको तीन स्थान — वडा नं २ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनाएको छ।
  • नवलपरासी (पूर्व): विनयी त्रिवेणी गाउँपालिका–१ मा आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
  • गुल्मी: कालीगण्डकी गाउँपालिका–६ बर्लबामा खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा ठप्प भएको छ।
  • जुम्ला: सिंजा क्षेत्रमा खसेको पहिरोले जुम्ला–मुगु सडक बन्द गरिएको छ।
  • धनकुटा: साँगुरीगढी गाउँपालिका–५ मा रहेको रवि–राके–भेडेटार सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पहिरो हटाउने कार्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन्। प्रभावित क्षेत्रका बासिन्दा र यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

अहिले पनि कतिपय स्थानमा वर्षा जारी रहेकोले पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ