१ माघ २०८२, बुधबार । January 14, 2026

लगातार वर्षापछि देशभरका छ राजमार्ग अवरुद्ध, यातायात प्रभावित



काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा खसेको पहिरो र बाढीका कारण आज मात्रै छवटा प्रमुख सडक अवरुद्ध भएका छन्।

यसले देशभर यातायात व्यवस्था अस्तव्यस्त बनाएको छ। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण मुलुकका विभिन्न राजमार्गका खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ।

कहाँ–कहाँ छन् अवरोध?

  • ललितपुर: बागमती गाउँपालिका–३ स्थित छपेलीमा पहिरो खसेर कान्ति लोकपथ आज बिहानैदेखि अवरुद्ध भएको छ।
  • सिन्धुपाल्चोक: भोटेकोशी गाउँपालिकाको तीन स्थान — वडा नं २ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनाएको छ।
  • नवलपरासी (पूर्व): विनयी त्रिवेणी गाउँपालिका–१ मा आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
  • गुल्मी: कालीगण्डकी गाउँपालिका–६ बर्लबामा खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा ठप्प भएको छ।
  • जुम्ला: सिंजा क्षेत्रमा खसेको पहिरोले जुम्ला–मुगु सडक बन्द गरिएको छ।
  • धनकुटा: साँगुरीगढी गाउँपालिका–५ मा रहेको रवि–राके–भेडेटार सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पहिरो हटाउने कार्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन्। प्रभावित क्षेत्रका बासिन्दा र यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

अहिले पनि कतिपय स्थानमा वर्षा जारी रहेकोले पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले