२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पहिरोले ठप्प कालीगण्डकी करिडोर अझै खुलेन


३ असार २०८२, मंगलबार  

249
Shares

गुल्मी । कालीगण्डकी करिडोर सडक गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ को बरल्बा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सडक अझै सञ्चालनमा आउन सकेको छैन।

सोमबार दिउँसो खसेको चट्टानसहितको पहिरोले सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प बनेको हो। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सोमबार रातिसम्म सडक खुलाउने प्रयास भए पनि लगातार पहिरो खसिरहेकाले काममा अवरोध भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा टोली परिचालन गरेर पहिरो क्षेत्रको अनुगमन गरिरहेको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सडक अवरुद्ध भएपछि यात्रुहरूलाई पर्वत हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। लामो समयसम्म सडक बन्द हुँदा गुल्मीबाट पर्वत, बागलुङ र पोखरातर्फ आवतजावत गर्ने यात्रुहरू थप समस्यामा परेका छन्।

संबन्धित निकायले पहिरो हटाउने कार्यलाई तीव्र बनाउँदै समस्या समाधानमा जुट्नुपर्ने स्थानीयको माग छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ