२९ पुस २०८२, मंगलबार । January 13, 2026

नेप्से सामान्य अंकले उकालो लाग्यो, होटल समूहमा लगानीकर्ताको जोश



काठमाडौं । नेपाली सेयर बजारमा सोमबार सामान्य सुधार देखिएको छ।

नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको हो। आजको कारोबारमा ३१८ कम्पनीका ३ करोड ३६ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ, जसबाट कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ नाघेको छ। आजको बजारमा होटल तथा पर्यटन समूहमा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखियो।

यो समूहको सूचकांक ४.६९ प्रतिशतले उकालो लागेको हो। यसै दिन दुई कम्पनीले सकारात्मक सर्किट लेभलमा कारोबार गरेका छन्, जसले समग्र बजारमा आशावाद फैलाएको छ। बैंकिङ, विकास बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ समूहको सूचकमा सुधार आएको छ। तर, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादनमूलक उद्योग र अन्य समूहको सूचक भने घटेको छ।

कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा देखिएको छ। कम्पनीको ९५ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो। कारोबारमा ङादी ग्रुप पावर दोस्रो र बुटवल पावर कम्पनी तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले