७ चैत्र २०८२, शनिबार । March 22, 2026

आजदेखि रातको समयमा मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने


३१ जेष्ठ २०८२, शुक्रबार  

177
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने मलेखु–मुग्लिन सडक खण्ड रातको समयमा केही दिनका लागि बन्द हुने भएको छ।

जेठ ३० गतेदेखि असार ७ गतेसम्म हरेक रात १०:३० बजेबाट बिहान ३:०० बजेसम्म यो सडक खण्डमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। धादिङका डिएसपी सुवास हमालका अनुसार, सडक खण्ड अन्तर्गत बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्य जारी रहेको छ।

उक्त निर्माणका लागि ठूलो साइजको ट्रेन्को प्रयोग गर्नुपर्ने भएकाले सवारी रोक आवश्यक भएको हो।

सवारी रोक्का अवधिमा ट्राफिक व्यवस्थापन यसरी गरिएको छ:

  • मुग्लिनतर्फ जाने भारी सवारी साधन: मुग्लिनमै रोकिनेछ।
  • मुग्लिनतर्फ जाने हलुका सवारी साधन: कुरिनटारमा रोकिनेछन्।
  • मलेखुतर्फ फर्किने भारी सवारी साधन: मलेखुमा रोकिनेछन्।
  • मलेखुतर्फ फर्किने हलुका सवारी साधन: शितलबजारमा रोकिनेछन्।

रातको समयमा रोकिएका सबै प्रकारका सवारी साधनहरू बिहान ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइनेछ। यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक योजना बनाउन र समयको व्यवस्थापन गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो