२९ पुस २०८२, मंगलबार । January 13, 2026

आजदेखि रातको समयमा मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने मलेखु–मुग्लिन सडक खण्ड रातको समयमा केही दिनका लागि बन्द हुने भएको छ।

जेठ ३० गतेदेखि असार ७ गतेसम्म हरेक रात १०:३० बजेबाट बिहान ३:०० बजेसम्म यो सडक खण्डमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। धादिङका डिएसपी सुवास हमालका अनुसार, सडक खण्ड अन्तर्गत बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्य जारी रहेको छ।

उक्त निर्माणका लागि ठूलो साइजको ट्रेन्को प्रयोग गर्नुपर्ने भएकाले सवारी रोक आवश्यक भएको हो।

सवारी रोक्का अवधिमा ट्राफिक व्यवस्थापन यसरी गरिएको छ:

  • मुग्लिनतर्फ जाने भारी सवारी साधन: मुग्लिनमै रोकिनेछ।
  • मुग्लिनतर्फ जाने हलुका सवारी साधन: कुरिनटारमा रोकिनेछन्।
  • मलेखुतर्फ फर्किने भारी सवारी साधन: मलेखुमा रोकिनेछन्।
  • मलेखुतर्फ फर्किने हलुका सवारी साधन: शितलबजारमा रोकिनेछन्।

रातको समयमा रोकिएका सबै प्रकारका सवारी साधनहरू बिहान ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइनेछ। यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक योजना बनाउन र समयको व्यवस्थापन गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले