२२ माघ २०८२, बुधबार । February 4, 2026

‘अञ्जिला’ फिल्म सय दिनको नजिक, दर्शकलाई अब १०० रुपैयाँमै हेर्ने अवसर



काठमाडौं । नेपाली सिनेमाघरमा सफल यात्रामा रहेका फिल्म ‘अञ्जिला’ले आफ्नो प्रदर्शनको सय दिन पूरा गर्ने तयारी गरिरहेको छ।

गत फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्म बिहीबारबाट ९२औँ दिनमा प्रवेश गरेको छ, र अझै पनि क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमितरूपमा प्रदर्शन भइरहेको छ। निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, फिल्मको सय दिन नजिकिँदै गर्दा दर्शकप्रति आभार व्यक्त गर्न विशेष अफर सुरु गरिनेछ। “दर्शकहरूको निरन्तर साथप्रति सम्मानस्वरूप अब फिल्म १०० रुपैयाँमै हेर्न सकिने व्यवस्था गरिएको छ,” श्रेष्ठले बताए।

मिलन चाम्सको निर्देशनमा बनेको ‘अञ्जिला’ले हालसम्म १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। फिल्म राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। यसमा एन्जिला स्वयंले अभिनय गरेकी छन् भने साथमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायत कलाकारहरूको सशक्त भूमिका रहेको छ।

नेपाली खेलकुद क्षेत्रका महिलाहरूको संघर्ष र प्रेरणादायी यात्रालाई चित्रण गर्ने फिल्म ‘अञ्जिला’ दर्शकबाट लगातार सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल