२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विलासिता करको विरोधमा देशभर सुनचाँदी व्यवसायीहरू आन्दोलनमा


२९ जेष्ठ २०८२, बिहिबार  

15
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन र हिरामा कर बढाएको विरोधमा देशैभरका सुनचाँदी व्यवसायीहरू आज आन्दोलनमा उत्रिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघलगायतका विभिन्न संघसंस्थाहरूले बिहीबार देशभरका पसल बन्द गराउँदै विरोध कार्यक्रम गरेका हुन्। महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार, सरकारले सुनमा २ प्रतिशत विलासिता कर र गहनामा प्रयोग हुने हिरा तथा बहुमूल्य रत्नमा १३ प्रतिशत भ्याट लगाएको छ, जसको कारण समग्र सुनचाँदी व्यवसाय नै संकटमा पर्ने देखिएको छ।

शाक्यले भने, “सरकारको यो निर्णयले व्यवसायीलाई मात्र होइन, उपभोक्तालाई समेत असर गर्छ। मूल्य वृद्धि र आयातमा अवरोध आउने हुँदा बजारमै असर पर्छ।” व्यवसायीहरूले सरकारसमक्ष तीन प्रमुख माग राखेका छन्— सुनमा ६ प्रतिशत भन्सार दर कायम गरिनु, सुनचाँदी क्षेत्रमा स्पष्ट र व्यवहारिक नीति नियमावली निर्माण गरिनु, र नयाँ कर नीति तुरुन्त खारेज गरिनु।

आजको आन्दोलनले देशभरका सुनचाँदी पसल पूर्णरूपमा बन्द रहेका छन् भने राजधानी काठमाडौंमा समेत व्यवसायीहरूको जुलुस र विरोध प्रदर्शन भएको छ। व्यवसायीहरू चेतावनी दिँदै भन्छन्— “यदि सरकार मागमा चित्तबुझ्दो सुनुवाइ नगरे, आन्दोलनको थप चरण अघि बढाउनेछौं।”

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ