१ कार्तिक २०८३, आइतबार । October 18, 2026

विलासिता करको विरोधमा देशभर सुनचाँदी व्यवसायीहरू आन्दोलनमा


२९ जेष्ठ २०८२, बिहिबार  

15
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन र हिरामा कर बढाएको विरोधमा देशैभरका सुनचाँदी व्यवसायीहरू आज आन्दोलनमा उत्रिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघलगायतका विभिन्न संघसंस्थाहरूले बिहीबार देशभरका पसल बन्द गराउँदै विरोध कार्यक्रम गरेका हुन्। महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार, सरकारले सुनमा २ प्रतिशत विलासिता कर र गहनामा प्रयोग हुने हिरा तथा बहुमूल्य रत्नमा १३ प्रतिशत भ्याट लगाएको छ, जसको कारण समग्र सुनचाँदी व्यवसाय नै संकटमा पर्ने देखिएको छ।

शाक्यले भने, “सरकारको यो निर्णयले व्यवसायीलाई मात्र होइन, उपभोक्तालाई समेत असर गर्छ। मूल्य वृद्धि र आयातमा अवरोध आउने हुँदा बजारमै असर पर्छ।” व्यवसायीहरूले सरकारसमक्ष तीन प्रमुख माग राखेका छन्— सुनमा ६ प्रतिशत भन्सार दर कायम गरिनु, सुनचाँदी क्षेत्रमा स्पष्ट र व्यवहारिक नीति नियमावली निर्माण गरिनु, र नयाँ कर नीति तुरुन्त खारेज गरिनु।

आजको आन्दोलनले देशभरका सुनचाँदी पसल पूर्णरूपमा बन्द रहेका छन् भने राजधानी काठमाडौंमा समेत व्यवसायीहरूको जुलुस र विरोध प्रदर्शन भएको छ। व्यवसायीहरू चेतावनी दिँदै भन्छन्— “यदि सरकार मागमा चित्तबुझ्दो सुनुवाइ नगरे, आन्दोलनको थप चरण अघि बढाउनेछौं।”

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि