१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


२८ जेष्ठ २०८२, बुधबार  

24
Shares

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.९६ अंकले घटेर २६६४.४७ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै कमजोर देखिएको सेयर कारोबार दिनभर दबावमा रह्यो। आज ३०७ कम्पनीका २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ८१ हजार ७०३ पटक कारोबार भए। कुल कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख ५ हजार ५७५ रुपैयाँ रहेको छ।

आजको बजार गतिविधिमा ७७ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १७० कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो। यस दिन लगानीकर्ताको ध्यान मुख्यतः राधी विद्युत् कम्पनीमा केन्द्रित देखियो। कम्पनीको सेयरमा उल्लेखनीय किनबेच भएको हो, जसले बजारको समग्र गिरावटबीच पनि राधी विद्युत्‌लाई अग्रस्थानमा पुर्‍यायो।

बजार विश्लेषकहरूका अनुसार विभिन्न कम्पनीका आर्थिक नतिजा, नाफा वितरणको अपेक्षा र मौद्रिक नीतिप्रतिको अनिश्चितता हालको बजार चापको मुख्य कारण बन्न पुगेका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ