८ आश्विन २०८३, बिहिबार । September 24, 2026

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी


२८ जेष्ठ २०८२, बुधबार  

42
Shares

काठमाडौं । चर्चित पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरीको साइबर ब्युरोको अनुरोधमा अदालतले उक्त आदेश दिएको हो। ब्युरोका एक अधिकृतका अनुसार सामाजिक सञ्जालमार्फत साइबर अपराधसम्बन्धी उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो। पाठकले आफ्नो युट्युब च्यानल ‘टफ टक’ मार्फत ‘टफ एक्स्प्लेनर’ शीर्षकको एक सामग्री सार्वजनिक गरेका थिए, जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो।

उक्त भिडियोमा होटल शंकर समूहको स्वामित्वमा रहेको हिल्टन होटल जयवीर देउवाले व्यापारी दीपक भट्ट र प्रबन्ध निर्देशक साहिल अग्रवालसँग मिलेर खरिद गरेको आरोप लगाइएको थियो। पाठकले आफ्नो सामग्रीमा जयवीर देउवाले आफ्ना बुबा प्रधानमन्त्री भएको बेला डायपर र सेनिटरी प्याड आयातमा कर छुट दिने निर्णयमा संलग्न भएको पनि उल्लेख गरेका छन्। साथै, १७ तले सो होटलको नक्सापास विवादसँग देउवा परिवारको नाम जोडेर समाचार सार्वजनिक गरिएको थियो।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार, “कपोलकल्पित र पुष्टि नभएका सामग्री सार्वजनिक गरेर मानहानि गराइएको” आरोपमा उजुरी परेको र सोही उजुरीका आधारमा अदालतबाट पक्राउको अनुमति लिइएको हो।

हाल यस प्रकरणले राजनीतिक र सञ्चार क्षेत्रको ध्यान तानिरहेको छ भने पत्रकारिता स्वतन्त्रता र उत्तरदायित्वबारे पनि बहस सुरु भएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको