२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बुधबार सुनको भाउ उकालो, चाँदी स्थिर



काठमाडौं । नेपाली सुन बजारमा बुधबार उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको हो। नवीन मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य १ लाख ९० हजार रुपैयाँमा कायम रहेको थियो।

यसैबीच, चाँदीको मूल्य भने स्थिर देखिएको छ। अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि उही मूल्यमै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सुनको भाउ बढ्दा गरगहना खरिद गर्ने उपभोक्ताका लागि केही थप भार पर्न सक्ने देखिएको छ भने चाँदीको मूल्य स्थिर रहनु सन्तोषजनक पक्ष हो।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको