४ असार २०८३, बिहिबार । June 19, 2026

इङ्ल्याण्डको धमाकेदार प्रदर्शन : वेस्टइन्डिजविरुद्ध टी–२० सिरिज क्लिन स्वीप


२८ जेष्ठ २०८२, बुधबार  

75
Shares

काठमाडौं । इङ्ल्याण्डले वेस्टइन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै क्लिन स्वीप गरेको छ।

गएराति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा इङ्ल्याण्डले ३७ रनको विजयी नतिजा निकाल्दै सिरिज ३–० ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले २० ओभरमा मात्र ३ विकेट गुमाउँदै २४८ रनको विशाल योगफल खडा गर्‍यो। जवाफी लक्ष्य पछ्याउँदै मैदान उत्रेको वेस्टइन्डिज २० ओभरमा ८ विकेट गुमाउँदै २११ रनमै रोकियो।

इङ्ल्याण्डका लागि बेन डकेटले विस्फोटक ब्याटिङ गर्दै ४६ बलमा ८४ रन बनाएर ‘प्लेयर अफ द म्याच’को उपाधि जिते। सिरिजभर आक्रामक प्रदर्शन गरेका पूर्व कप्तान जोस बटलरले तीन खेलमा कुल २६७ रन बनाउँदै ‘प्लेयर अफ द सिरिज’ बन्न सफल भए।

इङ्ल्याण्डको ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट समन्वय देखिएको सिरिजमा वेस्टइन्डिज निरन्तर दबाबमा देखियो। यो जितसँगै इङ्ल्याण्डले आगामी टी–२० विश्वकपको तयारीमा सकारात्मक सन्देश दिएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा