२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रचना रिमाललाई अचानक के भयो ? ह्याम्समा उपचार हुँदै


२७ जेष्ठ २०८२, मंगलबार  

132
Shares

काठमाडौं । लोकप्रिय गायिका रचना रिमालको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

रुकुम पश्चिममा सांगीतिक कार्यक्रमका लागि पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मंगलबार दिउँसो उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। अस्पतालमा गरिएको परीक्षणमा उनको सानो आन्द्रामा संक्रमण देखिएको छ। रचनासँगै अस्पतालमा रहेका संगीतकर्मीका अनुसार चिकित्सकले उनको आन्द्रा सुन्निएको जानकारी दिएका छन्। संक्रमण थप फैलिन नदिन चिकित्सकले एन्टिबायोटिक्स चलाउन सुझाव दिएका छन्।

डाक्टरहरूका अनुसार रिमाललाई २-३ दिन अस्पतालमै राख्नुपर्नेछ। अहिले उनलाई इमर्जेन्सीबाट वार्डमा सार्ने तयारी भइरहेको छ। रचनाले मंगलबार रुकुम पश्चिमको सानीभेरीस्थित बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी गरेकी थिइन्। तर, मंगलबार बिहान अचानक पेट दुखेको बताएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई सुरुमा नेपालगञ्ज लगिएको थियो। त्यसपछि उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वास्थ्य लाभको कामना गरौँ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ