२९ पुस २०८२, मंगलबार । January 13, 2026

रचना रिमाललाई अचानक के भयो ? ह्याम्समा उपचार हुँदै



काठमाडौं । लोकप्रिय गायिका रचना रिमालको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

रुकुम पश्चिममा सांगीतिक कार्यक्रमका लागि पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मंगलबार दिउँसो उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। अस्पतालमा गरिएको परीक्षणमा उनको सानो आन्द्रामा संक्रमण देखिएको छ। रचनासँगै अस्पतालमा रहेका संगीतकर्मीका अनुसार चिकित्सकले उनको आन्द्रा सुन्निएको जानकारी दिएका छन्। संक्रमण थप फैलिन नदिन चिकित्सकले एन्टिबायोटिक्स चलाउन सुझाव दिएका छन्।

डाक्टरहरूका अनुसार रिमाललाई २-३ दिन अस्पतालमै राख्नुपर्नेछ। अहिले उनलाई इमर्जेन्सीबाट वार्डमा सार्ने तयारी भइरहेको छ। रचनाले मंगलबार रुकुम पश्चिमको सानीभेरीस्थित बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी गरेकी थिइन्। तर, मंगलबार बिहान अचानक पेट दुखेको बताएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई सुरुमा नेपालगञ्ज लगिएको थियो। त्यसपछि उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वास्थ्य लाभको कामना गरौँ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले