२९ पुस २०८२, मंगलबार । January 13, 2026

एएफसी एसियन कप छनोट: लाओसविरुद्ध नेपालको पहिलो हार



काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले लाओससँग २-१ को हार बेहोरेको छ, जससँगै लाओसले नेपालको विरुद्ध पहिलो जित दर्ता गर्न सफल भएको छ।

खेलको पहिलो हाफको १३औं मिनेटमा दामोथ थोङ्खामसाभाथले हेडमार्फत गोल गर्दै लाओसलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफ सुरु भएको केही समयमै, ४९औं मिनेटमा पिटर पान्थावोङको डिबक्स बाहिरबाट गरेको प्रहार नेपाली गोलकिपर किरण चेम्जोङ रोक्न असफल रहे, जसले लाओसको अग्रता दोब्बर बनायो।

नेपालका लागि आशा देखिएको थियो जब ७३औं मिनेटमा मनिष डाँगीले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किने संकेत दिए। तर त्यसपछि कुनै टोलीले थप गोल गर्न सकेनन्, जसका कारण नेपालले लाओससँगको ऐतिहासिक अपराजित यात्रामा पूर्णविराम लाग्यो।

यस खेलअघि नेपाल र लाओसबीच भएको ६ खेलमध्ये नेपालले ४ जितेको र २ बराबरीमा टुंगिएको थियो। तर आजको हारले नेपालको आत्मविश्वासमा गहिरो चोट पुर्‍याएको छ।

समूह एफमा रहेका दुवै टोलीले यसअघिको खेलमा पनि हार व्यहोरेका थिए, जसले आगामी चरणमा स्थान बनाउन थप चुनौतीपूर्ण बनाएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले