३१ आश्विन २०८३, शनिबार । October 18, 2026

विश्वकप लिग-२ः नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


२७ जेष्ठ २०८२, मंगलबार  

24
Shares

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी शृङ्खलामा नेपालले आजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

स्कटल्यान्डमा मंगलबार भइरहेको खेलमा डच टिमले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। आजको खेलका लागि नेपाली टिममा केही परिवर्तन गरिएको छ। अनुभवी खेलाडी गुलशन झा र सोमपाल कामीलाई विश्राम दिँदै अनिल साह र नन्दन यादवलाई प्लेइङ-११ मा स्थान दिइएको नेपाल क्रिकेट संघले जनाएको छ।

यसअघि भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। हालसम्म शृङ्खलामा नेपालले खेलेका ३ खेलमध्ये २ मा विजय हासिल गरेको छ भने १ खेलमा पराजय भोगेको छ।

यो खेल नेपालको शृङ्खलाको अन्तिम खेल हो र जित निकाल्दै प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा रहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि