काठमाडौं । साताको तेस्रो कारोबारी दिन बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९७ अंकले घट्दै २६४६.९५ विन्दुमा झरेको छ।
आजको कारोबारमा ३१३ कम्पनीका ५९ हजार १३० पटकको किनबेचमार्फत १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर खरिद बिक्री भएका छन्। कुल कारोबार रकम ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ पुगेको छ।
बजारमा आज ६६ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १८१ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य भने स्थिर रह्यो। कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूह हरियो रहन सफल भए पनि बाँकी सबै राताम्मे भएका छन्।
यसैबीच, अरुण काबेली पावर कम्पनीको सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। कम्पनीको सेयरमा उच्च कारोबार भएको देखिन्छ, जसले लगानीकर्ताको चासो आकृष्ट गरिरहेको संकेत गर्छ।







प्रतिक्रिया