२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

विश्वकप लिग–२ः स्कटल्याण्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल


१९ जेष्ठ २०८२, सोमबार  

30
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि आईसीसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गतको नयाँ सिरिजको शुरुवात गर्दैछ।

पहिलो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ। टस जितेर कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय लिएका छन्, जसअनुसार स्कटल्याण्डले ब्याटिङ गर्दै खेल सुरु गरेको छ। नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ ओडीआई खेल भएका छन्। तीमध्ये नेपालले ४ खेलमा जित निकालेको छ भने स्कटल्याण्डले ३ खेलमा विजयी भएको छ। बाँकी १ खेल भने निष्कर्षविहीन भएको थियो।

यसपटकको लिग–२ सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सहभागी छन्। नेपालले जुन २ देखि १० तारिखसम्म यी दुई टिमसँग लिग खेल खेल्नेछ। त्यसपछि नेपालले यिनै देशहरूसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने तालिका छ, जुन जुन १५ देखि २० सम्म हुनेछ।

अहिलेसम्मको प्रदर्शन हेर्दा नेपाल अंक तालिकाको पुछारमा रहेको छ। १२ खेलमध्ये नेपालले मात्र २ खेलमा जित हासिल गरेको छ, ८ खेलमा पराजय भोगेको छ भने बाँकी २ खेल बिना नतिजा समाप्त भएका छन्। हाल नेपालको जम्मा ६ अंक छ। नेपालले अन्य टिमहरूभन्दा कम खेल खेलेको भए पनि अब प्रत्येक खेल जित्नु दबाबपूर्ण अनिवार्यता बनिसकेको छ।

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ, जसले २० खेलबाट २८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले पनि २० खेल खेलेर २६ अंक बटुलेको छ। स्कटल्याण्डले १६ खेलबाट २० अंक प्राप्त गर्दै चौथो स्थानमा कायम छ।

यो सिरिज नेपालका लागि निर्णायक बन्न सक्छ। लिग–२ मा बलियो उपस्थितिको लागि आजको खेल र बाँकी प्रतिस्पर्धाहरू नेपालले जित्नु अत्यन्त जरुरी छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ