२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

चलचित्र ‘ऊनको स्वेटर’ ले गर्यो १० करोड ग्रस कलेक्सन



काठमाडौं । निर्देशित नवीन चौहानद्वारा निर्देशित नेपाली चलचित्र ‘ऊनको स्वेटर’ ले चौथो सातामा प्रवेश गर्दै उल्लेखनीय सफलता हात पारेको छ।

आटमान्डु नेपालको ब्यानरमा बनेको यो चलचित्रले हालसम्म १० करोड पाँच लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता पक्षको दाबी छ। देशभरका सयभन्दा बढी स्क्रिनमा अझै प्रदर्शन भइरहेकाले चौथो सातासम्म पनि दर्शकको उत्साह घटेको छैन। नेपाली फिल्मको सन्दर्भमा चौथो सातासम्म यति धेरै स्क्रिनमा चलिरहनु आफैंमा एक ठूलो उपलब्धि मानिन्छ।

यद्यपि चलचित्र विकास बोर्डले अहिलेसम्म यो कलेक्सनलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन। सामान्यतया विकास बोर्ड र निर्माता पक्षबीचको तथ्यांकमा केही लाखको फरक देखिने गर्दछ। विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू लगायतको दमदार अभिनय रहेको यस चलचित्रले समीक्षक र दर्शक दुबैबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यिनै सकारात्मक प्रतिक्रियाले चलचित्रलाई लगातार चलायमान बनाइरहेको छ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि निर्माताका अनुसार विदेशमा समेत फिल्मले राम्रो व्यापार गरिरहेको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले व्यापारको आधारमा ‘ऊनको स्वेटर’ लाई ‘सुपरहिट’ को दर्जा दिएको छ।

नेपाली फिल्म क्षेत्रमा सानदार उपस्थिति जनाएको ‘ऊनको स्वेटर’ ले अबको केही दिनमा अझ कस्तो कीर्तिमान राख्ने हो, हेर्न बाँकी छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको