३० चैत्र २०८२, सोमबार । April 14, 2026

चलचित्र ‘ऊनको स्वेटर’ ले गर्यो १० करोड ग्रस कलेक्सन


१७ जेष्ठ २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । निर्देशित नवीन चौहानद्वारा निर्देशित नेपाली चलचित्र ‘ऊनको स्वेटर’ ले चौथो सातामा प्रवेश गर्दै उल्लेखनीय सफलता हात पारेको छ।

आटमान्डु नेपालको ब्यानरमा बनेको यो चलचित्रले हालसम्म १० करोड पाँच लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता पक्षको दाबी छ। देशभरका सयभन्दा बढी स्क्रिनमा अझै प्रदर्शन भइरहेकाले चौथो सातासम्म पनि दर्शकको उत्साह घटेको छैन। नेपाली फिल्मको सन्दर्भमा चौथो सातासम्म यति धेरै स्क्रिनमा चलिरहनु आफैंमा एक ठूलो उपलब्धि मानिन्छ।

यद्यपि चलचित्र विकास बोर्डले अहिलेसम्म यो कलेक्सनलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन। सामान्यतया विकास बोर्ड र निर्माता पक्षबीचको तथ्यांकमा केही लाखको फरक देखिने गर्दछ। विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू लगायतको दमदार अभिनय रहेको यस चलचित्रले समीक्षक र दर्शक दुबैबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यिनै सकारात्मक प्रतिक्रियाले चलचित्रलाई लगातार चलायमान बनाइरहेको छ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि निर्माताका अनुसार विदेशमा समेत फिल्मले राम्रो व्यापार गरिरहेको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले व्यापारको आधारमा ‘ऊनको स्वेटर’ लाई ‘सुपरहिट’ को दर्जा दिएको छ।

नेपाली फिल्म क्षेत्रमा सानदार उपस्थिति जनाएको ‘ऊनको स्वेटर’ ले अबको केही दिनमा अझ कस्तो कीर्तिमान राख्ने हो, हेर्न बाँकी छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व