१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि ४ अर्ब १५ करोड बजेट


१५ जेष्ठ २०८२, बिहिबार  

12
Shares

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रूपान्तरण गरिने जानकारी दिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय केन्द्रका रूपमा सञ्चालन गरिने बताए भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरूका लागि किफायती ढंगले सञ्चालन गरिने उल्लेख गरे।

साथै, यी विमानस्थलमार्फत कार्गो सेवा सञ्चालनमा विशेष छुट दिइने सरकारी योजना रहेको छ, जसले व्यापार र पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था