१ कार्तिक २०८३, आइतबार । October 18, 2026

पर्यटन प्रवर्द्धनमा सरकारको जोड, कति हाल्यो बजेट ?


१५ जेष्ठ २०८२, बिहिबार  

9
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन पूर्वाधार, सुरक्षा व्यवस्था र हवाई सेवा सुधारमा जोड दिँदै यो बजेट छुट्याइएको जानकारी दिए। उनका अनुसार हिमाल आरोही र पदयात्रीहरूका लागि भरपर्दो सुरक्षा प्रणाली निर्माण गरिनेछ भने प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गरिनेछ।

साथै, नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ का रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

सरकारले यो कदमले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने अपेक्षा राखेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि