२९ पुस २०८२, मंगलबार । January 14, 2026

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने, ७३ करोड विनियोजन



काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई प्रोत्साहन दिने उद्देश्यले आगामी आर्थिक वर्ष २०८२/८३ मा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप उद्यमशिलता विकासका लागि विशेष कार्यक्रम घोषणा गरे। ‘काम खोज्ने होइन, काम दिने युवा तयार गर्न नवप्रवर्द्धनमा आधारित स्टार्टअप कार्यक्रम विस्तार गरिनेछ,’ मन्त्री पौडेलले भने, ‘स्टार्टअप उद्यमीलाई सीप विकासदेखि बजार पहुँच र मूल्य शृंखलामा जोड्नका लागि ३ प्रतिशत मात्र ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ।’

युवालाई उद्यमशील र आत्मनिर्भर बनाउन सरकार विश्वविद्यालय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै विभिन्न स्थानमा इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको छ। यो योजनाले विशेष गरी जेनजी पुस्तालाई लक्षित गर्ने अपेक्षा गरिएको छ। साथै, लघु, घरेलु तथा साना र मझौला उद्योगहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ब्राण्डिङ अभियान सञ्चालन गरिनेछ।

प्रविधिमा आधारित औद्योगिक विकासलाई अघि बढाउन ‘इन्डस्ट्रि फोर’ (Industry 4.0) कार्यक्रमको अवधारणासमेत लागू गरिने बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले