२९ पुस २०८२, मंगलबार । January 14, 2026

उद्योग प्रवर्द्धनमा सरकारको प्राथमिकता: उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उद्योग क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले यो रकम विनियोजन गरिएको जानकारी गराए। बजेटमार्फत लगानी बोर्डको संरचनात्मक र कार्यगत क्षमता विस्तार गरिने जनाइएको छ। विदेशमा गरिने लगानी अब लगानी बोर्डमार्फत हुने व्यवस्था गरिने छ भने, विशेष आर्थिक क्षेत्र (SEZ) को निर्माण पनि यही बोर्डको नेतृत्वमा अघि बढाइनेछ।

अर्थमन्त्री पौडेलले ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई निजी क्षेत्रसँगको सहकार्यमा सशक्त रूपमा सञ्चालन गरिने बताए। साथै, सम्भावित क्षेत्रहरूमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने तयारी सरकारको रहेको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ३ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले