१८ श्रावण २०८३, सोमबार । August 4, 2026

बजेटः रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन


१५ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले सरकारले रासायनिक मल आपूर्तिमा विशेष जोड दिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका छन्। उनका अनुसार, आगामी वर्षमा रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्‍याउने लक्ष्य लिइएको छ। साथै, रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डमार्फत आवश्यक तयारी अगाडि बढाइने योजना समेत रहेको छ।

यससँगै सरकारले प्राङ्गारिक कृषि प्रवर्द्धनलाई पनि बेवास्ता गरेको छैन। त्यसका लागि छुट्टै ४० करोड रुपैयाँ बजेट छुट्याइएको छ। बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले पुष्पलाल मध्य पहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग आसपासको क्षेत्रलाई उत्पादन केन्द्रित क्षेत्रमा विकास गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर