१ माघ २०८२, बुधबार । January 14, 2026

उपत्यकामा ३८ सय प्रहरी परिचालन, राजावादीहरूलाई जहाँको त्यहीँ रोक्ने तयारी



काठमाडौं । गणतन्त्र दिवसको अवसरमा काठमाडौं उपत्यकामा विशेष सुरक्षा सतर्कता अपनाइएको छ।

आज बिहानैदेखि उपत्यकामा ३८ सय भन्दा बढी प्रहरी परिचालन गरिएका छन्। सुरक्षा व्यवस्था कडा बनाइएको हो, विशेषगरी राष्ट्रपति रामचन्द्र पौडेलको सैनिक मञ्च, टुँडिखेलमा उपस्थितिका कारण मूल समारोह समितिको कार्यक्रममा उच्च सतर्कता अपनाइएको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार तोकिएका स्थानहरूमा प्रहरी परिचालन भइसकेको छ। जनशक्ति अपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको नेतृत्वमा थप टोली पनि काठमाडौं पठाइएको छ। काठमाडौं उपत्यकामा १ नम्बर, २ नम्बर गण, दंगा तथा पहरा गण, विभिन्न गुल्म र प्रहरी मुख्यालय अन्तर्गतका टोली सडकमा खटिएका छन्। कुल ३८ सय प्रहरी तैनाथ गरिएको प्रहरी स्रोतले जनाएको छ।

राजावादी समर्थकहरूको संभावित प्रदर्शनलाई मध्यनजर गर्दै विशेष रणनीति बनाइएको छ। ललितपुर र भक्तपुरबाट काठमाडौं प्रवेश गर्न चाहने प्रदर्शनकारीहरूलाई स्थानीय प्रहरी युनिटमार्फत नियन्त्रणमा लिने जिम्मा दिइएको छ। राजावादीहरूलाई दिउँसो २ बजेअगाडि जहाँ छन्, त्यहीँ रोक्ने नीति लिइएको छ भने २ बजेपछि मात्र रत्नपार्कस्थित शान्तिबाटिकामा प्रवेश गर्न दिइनेछ।

यद्यपि, निषेधित क्षेत्रहरूमा प्रदर्शन गर्न कडाईका साथ रोक लगाइएको छ। गौशालादेखि तीनकुनेसम्मको क्षेत्रलाई अनौपचारिक रूपमा संवेदनशील मानिएको छ र भिड जम्मा हुन नदिने तयारी गरिएको छ। ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लुभु, लामाटार हुँदै राप्रपाका कार्यकर्ता भक्तपुर भएर कोटेश्वरमा जम्मा हुने तयारीमा छन्। त्यस्तै, चापागाउँ हुँदै जावलाखेल आउने योजनाबारे जानकारी पाएकोले सुरक्षा व्यवस्थाअनुसार प्रहरी परिचालन गरिएको हो।

भक्तपुरबाट आउने प्रदर्शनकारीलाई मनोहरा पुलमै २ बजेसम्म रोक्ने व्यवस्था मिलाइएको छ। एमाले समर्थकहरू बागबजार, पुतलीसडक, सुन्धारा, टेकु, त्रिपुरेश्वर लगायतका स्थानहरूमा जम्मा हुन थालेका छन्। उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश नदिन विशेष टोली तैनाथ गरिएको छ।

प्रहरीले वाटर क्यानन, अश्रुग्यास तथा अन्य भिड नियन्त्रणका उपकरण तयारी अवस्थामा राखेको छ। आजको समग्र सुरक्षाको नेतृत्व काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले सम्हालिरहेका छन्। पछिल्लो समय राजावादी समूहले देखाएको आक्रामक प्रदर्शनलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा बढाइएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार विमानस्थल प्रवेशद्वार (गोल्डेनगेट), आयल निगम डिपो र कोटेश्वरको अवतरण विन्दु उच्च सतर्कतामा राखिएको छ।

गणतन्त्र दिवसको अवसरमा सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न राज्यले उच्च सतर्कता अपनाएको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाबीचको समन्वय, प्रदर्शनकारीप्रतिको सूक्ष्म निगरानी, र आवश्यक सुरक्षा उपकरण तयारी अवस्थामा राखिनु आजको सुरक्षा रणनीतिको मुख्य पक्ष हो।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले