१ माघ २०८२, बुधबार । January 14, 2026

दोहोरो अङ्कले उकालो लाग्यो शेयर बजार, कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्यो



काठमाडौं । हिजो सामान्य रूपमा बढेको शेयर बजारले आज दोहोरो अङ्कको वृद्धि गरेको छ।

नेप्से परिसूचक आज १७.४४ अङ्कले उकालो लाग्दै २,६९३.०६ विन्दुमा पुगेको छ। आजको बजारमा बीमा, माइक्रोफाइनान्स र ‘अन्य’ समूह बाहेकका सबै क्षेत्रको शेयरमा हरियाली देखिएको छ। विशेषगरी, बैंकिङ समूहको शेयर मूल्य १.८८ प्रतिशतले र विकास बैंक समूहको शेयर १.२९ प्रतिशतले बढेको छ।

ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीको शेयर आज १० प्रतिशतले उक्लिएर सर्किट हानेको छ। तर समग्र बजार बढेको अवस्थामा पनि बाराही हाइड्रोपावर कम्पनीको शेयरमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। हिजो ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२३ वटा कम्पनीका २ करोड ७ लाख कित्ता शेयर किनबेच हुँदै कारोबार रकम ८ अर्ब ५८ करोड रुपैयाँमा पुगेको छ।

शेयर बजारमा देखिएको यो सकारात्मक गति लगानीकर्ताका लागि उत्साहवर्धक संकेतको रूपमा हेरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले