५ असार २०८३, शुक्रबार । June 20, 2026

दोहोरो अङ्कले उकालो लाग्यो शेयर बजार, कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्यो


१४ जेष्ठ २०८२, बुधबार  

60
Shares

काठमाडौं । हिजो सामान्य रूपमा बढेको शेयर बजारले आज दोहोरो अङ्कको वृद्धि गरेको छ।

नेप्से परिसूचक आज १७.४४ अङ्कले उकालो लाग्दै २,६९३.०६ विन्दुमा पुगेको छ। आजको बजारमा बीमा, माइक्रोफाइनान्स र ‘अन्य’ समूह बाहेकका सबै क्षेत्रको शेयरमा हरियाली देखिएको छ। विशेषगरी, बैंकिङ समूहको शेयर मूल्य १.८८ प्रतिशतले र विकास बैंक समूहको शेयर १.२९ प्रतिशतले बढेको छ।

ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीको शेयर आज १० प्रतिशतले उक्लिएर सर्किट हानेको छ। तर समग्र बजार बढेको अवस्थामा पनि बाराही हाइड्रोपावर कम्पनीको शेयरमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। हिजो ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२३ वटा कम्पनीका २ करोड ७ लाख कित्ता शेयर किनबेच हुँदै कारोबार रकम ८ अर्ब ५८ करोड रुपैयाँमा पुगेको छ।

शेयर बजारमा देखिएको यो सकारात्मक गति लगानीकर्ताका लागि उत्साहवर्धक संकेतको रूपमा हेरिएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा