३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


१३ जेष्ठ २०८२, मंगलबार  

207
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार ६६५ रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा आज सुनको मूल्यमा तोलामा २०० रुपैयाँले गिरावट आएको हो । सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार १०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि घट्दै आज तोलामा २ हजार ९९५ रुपैयाँमा झरेको छ, जुन सोमबारको मूल्यभन्दा १० रुपैयाँ कम हो । सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ५ रुपैयाँ थियो ।

आजको मुल्य घटबढले सुनचाँदी खरिद गर्न चाहने उपभोक्ताहरूलाई केही राहत मिल्न सक्ने देखिन्छ भने बजारमा लगानी गर्नेहरूका लागि पनि मूल्यको प्रवृत्ति महत्वपूर्ण बन्न सक्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि