२८ मंसिर २०८२, शनिबार । December 13, 2025

सेयर बजार ओरालो, २.९७ अंकले घट्दै २६७७ विन्दुमा बन्द



काठमाडौं । नेपाली सेयर बजार सोमबार कारोबारको सुरुमा उत्साहजनक देखिए पनि दिनको अन्त्यसम्म आइपुग्दा सामान्य गिरावटसहित बन्द भएको छ।

प्रि–ओपनिङ सेसन र सुरुका केही मिनेटमै करिब ६६ अंकले उक्लिएको नेप्से परिसूचक अन्ततः २.९७ अंकले घट्दै २६७७ विन्दुमा पुगेको हो। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले शेयर बजारप्रति केही खुकुलो दृष्टिकोण अपनाएको थियो। त्यसकै प्रभावस्वरूप बजारमा सुरुआती उछाल देखिएको भए पनि बिक्रेताको चाप बढेसँगै बजार कमजोर हुँदै गएको देखिन्छ।

आजको कारोबारमा कुल ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल ९२ कम्पनीको मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्य घटेको छ। यद्यपि समग्र बजारमा सामान्य गिरावट देखिए पनि बैंकिङ समूहसहित केही सूचक भने हरियालीमा बन्द भएका छन्। होटल तथा माइक्रोफाइनान्स समूहका सूचकहरू भने घटेका छन्।

आजको कारोबारमा ओम मेगाश्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, भने गुराँस लघुवित्त र बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको हो। व्यापक कारोबारका आधारमा आज राधी जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो भने कारोबार संख्या र सेयर संख्याका हिसाबले ङादी ग्रुप पावर अगाडि देखियो।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले