४ असार २०८३, बिहिबार । June 18, 2026

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर


६ जेष्ठ २०८२, मंगलबार  

21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व पौडेल नियुक्त भएका छन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो, जसको जानकारी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दिएका छन्। गभर्नर नियुक्तिको विषयमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच लामो समयदेखि रस्साकस्सी चलिरहेको थियो।

अन्ततः कांग्रेसको सिफारिसमा पौडेलको नाममा सहमति जुटेपछि उनको नियुक्ति पक्का भएको हो। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर बनाउन सिफारिस गरेका थिए, तर प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टको नाममा असहमति जनाएपछि नियुक्ति प्रक्रिया एक महिनासम्म अल्झिएको थियो।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भएको छलफलपछि देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पौडेल गभर्नर सिफारिस समितिका सदस्य थिए। गभर्नर बन्ने सम्भावना देखिएपछि उनले समितिबाट राजीनामा दिएका थिए।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै २४ चैतदेखि गभर्नरविहीन बनेको राष्ट्र बैंकमा अब पौडेलको आगमनले नेतृत्वको रिक्तता समाप्त भएको छ। नियुक्तिका लागि थुप्रै नाम चर्चामा आए पनि अन्ततः पौडेलले अन्तिम बाजी जितेका हुन्।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा