२ कार्तिक २०८३, सोमबार । October 19, 2026

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर


६ जेष्ठ २०८२, मंगलबार  

21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व पौडेल नियुक्त भएका छन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो, जसको जानकारी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दिएका छन्। गभर्नर नियुक्तिको विषयमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच लामो समयदेखि रस्साकस्सी चलिरहेको थियो।

अन्ततः कांग्रेसको सिफारिसमा पौडेलको नाममा सहमति जुटेपछि उनको नियुक्ति पक्का भएको हो। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर बनाउन सिफारिस गरेका थिए, तर प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टको नाममा असहमति जनाएपछि नियुक्ति प्रक्रिया एक महिनासम्म अल्झिएको थियो।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भएको छलफलपछि देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पौडेल गभर्नर सिफारिस समितिका सदस्य थिए। गभर्नर बन्ने सम्भावना देखिएपछि उनले समितिबाट राजीनामा दिएका थिए।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै २४ चैतदेखि गभर्नरविहीन बनेको राष्ट्र बैंकमा अब पौडेलको आगमनले नेतृत्वको रिक्तता समाप्त भएको छ। नियुक्तिका लागि थुप्रै नाम चर्चामा आए पनि अन्ततः पौडेलले अन्तिम बाजी जितेका हुन्।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि