१८ असार २०८३, बिहिबार । July 2, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा


६ जेष्ठ २०८२, मंगलबार  

21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ तय गरिएको हो। यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उक्त मुद्दा ‘हेर्न मिल्ने’ इजलासमा पठाउन आदेश दिएको थियो। सोही आधारमा सोमबारका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो।

तर सुनुवाइ अघि नै समस्या देखा परेको थियो। रवि लामिछानेका तर्फबाट वकालत गर्ने कानुन व्यवसायी र विपक्षी पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिलहरू इजलासमा रहेका न्यायाधीशहरूसँग नातेदार परेपछि उनीहरूले ‘हेर्न नमिल्ने’ आधारमा मुद्दाबाट अलग हुने स्थिति आयो।

त्यसपछि आजका लागि नयाँ इजलासमा पेसी तोकिएको हो, जहाँ निष्पक्ष सुनुवाइ अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर