२३ पुस २०८२, बुधबार । January 8, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ तय गरिएको हो। यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उक्त मुद्दा ‘हेर्न मिल्ने’ इजलासमा पठाउन आदेश दिएको थियो। सोही आधारमा सोमबारका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो।

तर सुनुवाइ अघि नै समस्या देखा परेको थियो। रवि लामिछानेका तर्फबाट वकालत गर्ने कानुन व्यवसायी र विपक्षी पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिलहरू इजलासमा रहेका न्यायाधीशहरूसँग नातेदार परेपछि उनीहरूले ‘हेर्न नमिल्ने’ आधारमा मुद्दाबाट अलग हुने स्थिति आयो।

त्यसपछि आजका लागि नयाँ इजलासमा पेसी तोकिएको हो, जहाँ निष्पक्ष सुनुवाइ अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले