२२ माघ २०८२, बुधबार । February 5, 2026

लगातार ओरालो लागेको सेयर बजारमा सुधार, कारोबार ७ अर्ब नाघ्यो



काठमाडौं । लगातार ६ दिनसम्म गिरावट आएको सेयर बजारमा आज सुधार देखिएको छ।

सोमबार बजार परिसूचक (नेप्से) २२.९९ अंकले वृद्धि भई २६३२.०९ विन्दुमा पुगेको हो। आजको सेयर कारोबार रकम ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कुल १८५ कम्पनीको शेयर मूल्य बढ्दा, ६० कम्पनीको घटेको र २ कम्पनीको स्थिर रहेको देखिन्छ। आज विशेषगरी ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा उल्लेखनीय वृद्धि देखिएको छ। समूहगत सूचकतर्फ हेर्दा होटल तथा पर्यटन समूहबाहेक अन्य सबै सूचकहरू सकारात्मक भएका छन्।

सबैभन्दा धेरै वृद्धि आव विकास बैंक समूहमा देखिएको छ, जसको सूचक २.०१ प्रतिशतले बढेको हो। त्यसैगरी बैंकिङ, जलविद्युत्, निर्जीवन बीमा र ट्रेडिङ समूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। आज पाँचवटा कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीहरूमा सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगा फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी परेका छन्।

यता, विन नेपाल लघुवित्तको शेयरमा भने नकारात्मक सर्किट लागेको छ। कारोबारको दृष्टिले राधी जलविद्युत् कम्पनी अगाडि देखिएको छ भने क्रेष्ट माइक्रो इन्स्योरन्स कम्पनीको शेयर सबैभन्दा धेरैपटक किनबेच भएको हो। कारोबार संख्याको आधारमा हिमालयन ८०–२० म्युचुअल फण्ड शीर्षमा रह्यो।

सेयर बजारमा केही दिनदेखिको निरन्तर गिरावटपछि आएको आजको सुधार लगानीकर्ताका लागि आशाको संकेत मानिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल