२६ पुस २०८२, शनिबार । January 10, 2026

रविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने, मंगलबार नयाँ पेसी तोकियो



काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार पनि सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतले अब उक्त रिटको सुनुवाइका लागि मंगलबार नयाँ मिति तोकेको छ। यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले मुद्दा ‘हेर्न मिल्ने’ इजलासमा पठाउन आदेश दिएको थियो। सोही आदेशअनुसार सोमबारको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ तय गरिएको थियो।

तर, उक्त इजलासले पनि आफूहरूले यो मुद्दा ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ नगर्ने निर्णय लिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। स्रोतका अनुसार, रवि लामिछानेको पक्षबाट बहस गर्ने कानुन व्यवसायीमध्ये कोही न्यायाधीशका नातेदार परेका कारण निष्पक्षताको आधारमा सुनुवाइ स्थगित गरिएको हो।

अब मंगलबार नयाँ इजलासमा मुद्दा पेश गरिने जानकारी सर्वोच्च प्रशासनले दिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  २ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले