२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कान्ति लोकपथ एकतर्फी सञ्चालनमा, ठूला सवारीलाई रोक


५ जेष्ठ २०८२, सोमबार  

30
Shares

हेटौंडा । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ स्थित बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो । मर्मतसम्भार पश्चात साना सवारीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

निर्माणाधीन पुलबाट कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको उनले बताए । ठूला सवारी साधनलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको डिएसपी अर्यालले जानकारी दिए । बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो ।

पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ । स्थायी सडक संरचना निर्माण नभएसम्म बगुवा खोलामा वर्षाको बेला सडक सञ्चालन नियमित हुने अवस्था देखिँदैन ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ