४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?


३ जेष्ठ २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले उकालो लागेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ, जुन बिहीबारको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो। त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ।

प्रतितोला २० रुपैयाँले बढेर चाँदीको नयाँ मूल्य तोलामा २,३२५ रुपैयाँ पुगेको छ। नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको आधारमा निर्धारण गरिन्छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र माग वृद्धिका कारण नेपाली बजारमा समेत सुनचाँदीको मूल्य प्रभावित हुँदै आएको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व