२० श्रावण २०८३, बुधबार । August 5, 2026

‘ऊनको स्वीटर’ ले बक्स अफिस ततायो, पहिलो सातामै ५ करोड ७५ लाखको व्यापार


२ जेष्ठ २०८२, शुक्रबार  

51
Shares

काठमाडौं । नवीन चौहान निर्देशित नेपाली फिल्म ऊनको स्वीटर ले प्रदर्शनको पहिलो सातामै उल्लेखनीय सफलता हात पारेको छ।

वैशाख २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको यो फिल्मले सात दिनभित्र नै ५ करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै नेपाली बक्स अफिसमा गर्मी फैलाएको छ। निर्माण पक्षले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेको छ। शुक्रबारदेखि फिल्म दोस्रो सातामा प्रवेश गरिसकेको छ, र यसको व्यापारले अझ निरन्तरता लिने अपेक्षा गरिएको छ।

यसअघिको हिट फिल्म अञ्जिला (फागुन २९ गते रिलिज) पछि कुनै पनि नेपाली फिल्मले दर्शक तान्न नसकेको अवस्थामै ऊनको स्वीटर ले बक्स अफिसमा नयाँ ऊर्जा भरिदिएको छ।

देशभर दर्शकको साथ, टोली हल भ्रमणमा

आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशभरका हलहरूमा दर्शकको राम्रो उपस्थिति पाइरहेको निर्माण टिमको भनाइ छ। दोस्रो सातादेखि निर्देशक नवीन चौहानसहित फिल्मका प्रमुख कलाकारहरू हल भ्रमणमा निस्किने भएका छन्, जसबाट प्रचार-प्रसार थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सशक्त अभिनय समेटिएको फिल्म

नवीन चौहानकै लेखन रहेको यो फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध