१ माघ २०८२, बुधबार । January 14, 2026

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?



काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी रह्यो।

लगातार चौथो कारोबार दिन बजार ओरालो लागेको हो। बुधबार नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२० बिन्दुमा झरेको छ। नेप्से सँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको तुलनामा आजको कुल कारोबार ८ अर्ब ७३ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको ९ अर्ब ६३ करोडको कारोबारभन्दा कम हो। कुल ६२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १८३ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो।

दुई पुनर्बीमा कम्पनीको दरिलो वृद्धिसँगै “अन्य” समूह सबैभन्दा बढी २.४६ प्रतिशतले उकालो लाग्दा विकास बैंक समूह पनि १.१९ प्रतिशतले बढ्यो। तर बाँकी सबै समूहमा गिरावट देखियो। बैंकिङ समूह ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, जलविद्युत् १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ र व्यापार समूह ०.६९ प्रतिशतले घटेका छन्।

सबैभन्दा धेरै मूल्य वृद्धिको सूचीमा ओम मेगाश्री फर्मास्युटिकल्स अगाडि रहेको छ जसको मूल्य १० प्रतिशतले उकालो लाग्यो। पिपुल्स पावर ७.८८, उपकार लघुवित्त ६.३१, नेपाल पुनर्बीमा ५.६६ र लुम्बिनी विकास बैंक ४.१५ प्रतिशतले बढे। अर्कोतर्फ, गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घट्दा नेपाल माइक्रो इन्स्योरेन्स ९.७१, बाराही हाइड्रोपावर ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ७.५५ र बुटवल पावर ६.१२ प्रतिशतले घटेका छन्।

राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप र लुम्बिनी विकास बैंक सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमध्ये परे।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले