२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जेठ महिनाका लागि बैंकको ब्याजदरः अधिकांशको स्थिर, केहीमा सामान्य घटबढ


३१ बैशाख २०८२, बुधबार  

141
Shares

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्।

नयाँ सूचीअनुसार १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर अघिल्लो महिनाकै अवस्थामा कायम राखेका छन्। तीन वटा बैंक—नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले आफ्नो ब्याजदर केही घटाएका छन् भने नेपाल बैंक, एभरेस्ट र सानिमा बैंकले ब्याजदरमा सामान्य वृद्धि गरेका छन्। समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर वैशाखको ५.९७९ प्रतिशतबाट घटेर जेठमा ५.९५२ प्रतिशतमा झरेको छ।

बैंकहरूमाथि हाल तरलता प्रशस्त भएको र राष्ट्र बैंकले नगद संकलन गरिरहेको अवस्थामा ब्याजदरमा यस्तो सामान्य घटबढ देखिएको हो। बैंकहरू अहिले फरक-फरक आर्थिक अवस्थाबाट गुज्रिरहेका छन्। कतिपय बैंकमा पूँजी कोषको दबाब छ, भने केहीमा पर्याप्त तरलता भएको कारण लागत घटाउनुपरेको छ। कतिपय बैंकमा कर्जाको माग उच्च छ भने केहीमा खासै माग छैन। यी अवस्थालाई ध्यानमा राख्दै बैंकहरूले जेठ महिनाका लागि ब्याजदर पुनः समायोजन गरेका हुन्।

धेरै बैंकहरू लामो अवधिका मुद्दती निक्षेपमा केही उच्च ब्याज दिने र छोटो अवधिका निक्षेपमा कम ब्याज दिने रणनीति अपनाइरहेका छन्। यसले आधार दर घट्न सक्ने देखिएको छ, जसको प्रत्यक्ष लाभ ऋणीहरूलाई कर्जाको ब्याजदरमा छुटका रूपमा मिल्न सक्छ। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेका अनुसार, कर्जाको माग सुस्त हुनु र पूँजीगत खर्चको सिजन चलिरहेकोले तत्काल ब्याजदरमा ठूलो वृद्धि हुने संभावना छैन।

राष्ट्र बैंकको व्यवस्था अनुसार व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपबीच कम्तिमा १ प्रतिशत विन्दुको अन्तर हुनुपर्ने नियमअनुसार, व्यक्तिगत मुद्दती ब्याजदर घटेपछि अन्य निक्षेप ब्याजदरहरूमा पनि समायोजन हुने सम्भावना छ।

जेठ महिनामा नेपाल बैंकले सबैभन्दा कम ब्याजदर ५.४५ प्रतिशत निर्धारण गरेको छ भने एभरेस्ट बैंकले सबैभन्दा धेरै ६.६४ प्रतिशत ब्याजदर तोकेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ११ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ