२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नेपाल वायुसेवाका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा


३१ बैशाख २०८२, बुधबार  

27
Shares

काठमाडौं । लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेका नेपाल वायुसेवा निगमका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा फर्किएका छन्।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार ‘नाइन एन–एबीटी’ र ‘नाइन एन–एबीयू’ दुवै विमान नियामकीय प्रक्रिया पूरा गरेपछि वैशाख २९ गतेदेखि नियमित तालिकाअनुसार सञ्चालनमा आएका हुन्। दुवै विमान थन्किएपछि विशेषगरी दुर्गम तथा हिमाली भेगका यात्रुहरू आवागमनमा समस्या भोगिरहेका थिए। अहिले विमान सञ्चालनमा आएपछि ती क्षेत्रका यात्रुहरूले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख अनुसार, नयाँ उडान तालिका अनुसार हरेक ट्वीनअटर विमानले दैनिक कम्तीमा चारवटा आन्तरिक उडान गर्नेछ।

यसले आन्तरिक हवाई सेवा अझ प्रभावकारी र भरपर्दो हुने निगमको विश्वास छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ११ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ