२२ माघ २०८२, बुधबार । February 5, 2026

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता



काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह र विदेशी मुद्रा सञ्चिति दुबै क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ।

यो प्रवृत्तिले मुलुकको समष्टिगत आर्थिक स्थिति बलियो भइरहेको संकेत गर्दछ। राष्ट्र बैंकका अनुसार, चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा हेर्दा यो ८ अर्ब ७४ करोड बराबर पुगेको छ, जसमा ७.३ प्रतिशतको वृद्धि भएको छ।

यसै अवधिमा खुद द्वितीय आय (नेट ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ११ खर्ब ७४ अर्ब ५४ करोडभन्दा धेरै हो। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या पनि उल्लेखनीय छ — नयाँ श्रमिक ३ लाख ५८ हजार २२२ जना र पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६५२ जना रहेका छन्।

शोधनान्तर स्थिति यस अवधिमा ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम भए पनि सकारात्मक नै छ। अमेरिकी डलरमा यो २ अर्ब ५५ करोड बराबरको बचत हो। त्यस्तै, चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको तुलनामा (१ खर्ब ७९ अर्ब ८३ करोड) यो वृद्धि उत्साहजनक मानिन्छ।

खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ४९ करोडको तुलनामा उल्लेखनीय प्रगति हो। विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ। अमेरिकी डलरमा हेर्दा यो १५.४ प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको हो।

नेपाल राष्ट्र बैंकमा मात्र रहेको सञ्चिति २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ, जसमा १५.६ प्रतिशतको वृद्धि देखिएको छ। अन्य बैंक तथा वित्तीय संस्थामा रहेको सञ्चिति पनि ५०.८ प्रतिशतले बढेर २ खर्ब ९० अर्ब ३८ करोड पुगेको छ।

गत चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ, जुन नेपालको व्यापारिक परिप्रेक्ष्यमा महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल