१४ श्रावण २०८३, बिहिबार । July 30, 2026

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक


२८ बैशाख २०८२, आइतबार  

15
Shares

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट देखिएको छ।

आइतबार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २,६५० दशमलव ११ बिन्दुमा झरेको हो। आजको दिन ३०० वटा कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयरहरू ८८,९५५ पटक किनबेच हुँदा कूल कारोबार रकम १० अर्ब २० करोड २७ लाख १ हजार ३४४ रुपैयाँ पुगेको छ। उपसमूहहरूमध्ये विकास बैंक समूह १.२७ प्रतिशत, होटल तथा पर्यटन ६.५० प्रतिशत, जीवन बीमा ०.३१ प्रतिशत, निर्जीवन बीमा ०.०६ प्रतिशत र व्यापार समूह ०.२० प्रतिशतले उकालो लागेको छ।

बाँकी सबै समूहहरू भने ओरालो लागेका छन्। बैंकिङ समूह ०.५१, वित्त ३.७२, जलविद्युत् १.२६, लगानी १.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.०९ र म्युचुअल फन्ड ०.२८ प्रतिशतले घटेका छन्। आज नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा ठूलो गिरावट सिन्धु विकास बैंक लिमिटेडको शेयरमा देखिएको छ, जसको मूल्य ७.४५ प्रतिशतले घटेको हो।

कारोबार रकमको हिसाबले सबैभन्दा अगाडि राधी विद्युत् कम्पनी लिमिटेड रह्यो, जसको कारोबार रकम ६६ करोड १० लाख ७० हजार रुपैयाँ पुगेको छ। यस्तै, शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ, जसको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर