४ कार्तिक २०८३, बुधबार । October 21, 2026

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक


२८ बैशाख २०८२, आइतबार  

15
Shares

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट देखिएको छ।

आइतबार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २,६५० दशमलव ११ बिन्दुमा झरेको हो। आजको दिन ३०० वटा कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयरहरू ८८,९५५ पटक किनबेच हुँदा कूल कारोबार रकम १० अर्ब २० करोड २७ लाख १ हजार ३४४ रुपैयाँ पुगेको छ। उपसमूहहरूमध्ये विकास बैंक समूह १.२७ प्रतिशत, होटल तथा पर्यटन ६.५० प्रतिशत, जीवन बीमा ०.३१ प्रतिशत, निर्जीवन बीमा ०.०६ प्रतिशत र व्यापार समूह ०.२० प्रतिशतले उकालो लागेको छ।

बाँकी सबै समूहहरू भने ओरालो लागेका छन्। बैंकिङ समूह ०.५१, वित्त ३.७२, जलविद्युत् १.२६, लगानी १.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.०९ र म्युचुअल फन्ड ०.२८ प्रतिशतले घटेका छन्। आज नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा ठूलो गिरावट सिन्धु विकास बैंक लिमिटेडको शेयरमा देखिएको छ, जसको मूल्य ७.४५ प्रतिशतले घटेको हो।

कारोबार रकमको हिसाबले सबैभन्दा अगाडि राधी विद्युत् कम्पनी लिमिटेड रह्यो, जसको कारोबार रकम ६६ करोड १० लाख ७० हजार रुपैयाँ पुगेको छ। यस्तै, शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ, जसको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि