२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो


२६ बैशाख २०८२, शुक्रबार  

93
Shares

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा.लि.ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ।

बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्। उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो।

सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो। यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू—‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’—सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ। कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ।

करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ।

यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ