१७ श्रावण २०८३, आइतबार । August 2, 2026

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?


२५ बैशाख २०८२, बिहिबार  

201
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।

बिहीबार एक तोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ रहेको थियो।

यस्तै, आज चाँदीको मूल्य भने केही घटेर १ हजार ९५५ रुपैयाँमा झरेको छ। बुधबार प्रतितोला चाँदी १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको उच्च मूल्य स्थिर

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय अमेरिकी मुद्रास्फीति, आर्थिक अनिश्चितता र भू-राजनीतिक तनावका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भइरहेका छन्, जसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि देखिएको हो।

नेपालमा सुनको मूल्य आयातमा निर्भर हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा आएको सानो उतारचढावले पनि तत्काल असर पार्ने गर्दछ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर