४ आश्विन २०८३, आइतबार । September 20, 2026

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै


२५ बैशाख २०८२, बिहिबार  

30
Shares

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ। मृतकमध्ये एक जना ७ वर्षीय बालकसमेत रहेका छन्। अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप भारतले मङ्गलबार राति पाकिस्तानमा आक्रमण गरेको हो।

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतले गरेको कारबाहीलाई ‘गम्भीर गल्ती’ भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन्। उनले पाकिस्तान जस्तोसुकै सैन्य चुनौती सामना गर्न तयार रहेको स्पष्ट पारेका छन्। यस्तै, उनले आफ्नो देशले भारतीय लडाकु विमान खसालेको दाबी गरे पनि भारतले उक्त दाबी अस्वीकार गरेको छ।

यता, भारतीय सेनाले पनि पाकिस्तानी गोलीबारीमा आफ्ना एक जवानको ज्यान गएको पुष्टि गरेको छ। जम्मु-कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा भारतीय सैनिक दिनेश कुमार शर्माको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रिय चासो

भारत–पाकिस्तानबीच चुलिएको तनावप्रति विश्वका प्रमुख राष्ट्रहरूले चासो व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीचको तनाव रोक्नका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि भारत र पाकिस्तानबीच जारी संवादको पुष्टि गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै मुलुकलाई सैन्य संयमता अपनाउन आग्रह गरेका छन्। उनले क्षेत्रीय शान्ति र स्थायित्वका लागि वार्ता तथा कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

बेलायतले पनि दुवै पक्षलाई संयमित रहन अनुरोध गर्दै तनाव समाधानमा सहयोग गर्न तयार रहेको जनाएको छ। बेलायती व्यापार मन्त्री जोनाथन रेनोल्ड्सले तनाव कम गर्न बेलायतले भूमिका खेल्न सक्ने बताएका छन्।

चीनले भारतको कारबाहीलाई ‘चिन्ताजनक’ भन्दै आलोचना गरेको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले वक्तव्य जारी गर्दै भारतले सैन्य कारबाहीको विकल्प खोज्नुपर्ने बताएका छन्।

दुई दशकयताकै सबैभन्दा ठूलो सैन्य तनाव

भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको यो तनाव दुई दशकयताकै सबैभन्दा गम्भीर मानिएको छ। दुबै मुलुक आणविक शक्ति सम्पन्न भएकाले सानो झडपले पनि ठूलो द्वन्द्वमा परिणत हुने सम्भावना विज्ञहरूले औंल्याएका छन्।

क्षेत्रीय र अन्तर्राष्ट्रिय दबाबका बीच अब भारत र पाकिस्तान कूटनीतिक माध्यमबाट समाधानतर्फ अग्रसर हुन्छन् वा परिस्थिति थप जटिल बन्छ भन्नेमा सबैको नजर केन्द्रित छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली