२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा


२४ बैशाख २०८२, बुधबार  

27
Shares

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो।

लामो समयपछि बजारमा यति ठूलो उछाल देखिएको हो। कारोबार सकिँदासम्म नेप्से परिसूचक ६१ अंकले उकालो लागेर २६७२ विन्दुमा पुगेर रोकिएको छ। बुधबारको दिन कुल २ करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ, जसबाट कारोबार रकम १० अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। बजारमा सक्रिय २४६ कम्पनीमध्ये २२७ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १८ कम्पनीका सेयर घटेका छन्। एक कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप पावर, राधि विद्युत, युनिर्भसल पावर, र सिंगटी हाइड्रोपावर अगाडि रहे। यी कम्पनीहरूले ४० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा आज सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, अन्य चार कम्पनीका सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि देखियो। यता, घट्ने कम्पनीमध्ये न्यादी हाइड्रोपावर अग्रस्थानमा रह्यो। इन्डेक्सको हिसाबले हेर्दा सबै समूह सकारात्मक रहेको पाइन्छ।

सबैभन्दा धेरै वृद्धि फाइनान्स समूहमा देखियो, जसले ५.५५ प्रतिशतको सुधार हासिल गर्‍यो।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ