११ श्रावण २०८३, सोमबार । July 27, 2026

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन


२४ बैशाख २०८२, बुधबार  

24
Shares

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ, र त्यसको असर स्थानीय व्यवसाय, पर्यटन र रोजगारमा गहिरिँदै गएको छ।

यही निराशाजनक अवस्थाविरुद्ध रुपन्देहीका उद्योगी–व्यावसायी, सामाजिक संस्था र सरोकारवालाहरू आन्दोलित बनेका छन्। उद्योग–व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को नेतृत्वमा जिल्लाका दुई दर्जनभन्दा बढी संघसंस्थाले विमानस्थलको प्रवेशद्वारमै एक घण्टा धर्ना दिएका छन्। ब्यानर र प्लेकार्डसहितको प्रदर्शनमा उनीहरूले सरकारलाई पुराना वाचा सम्झाउँदै अन्तर्राष्ट्रिय उडान तुरुन्त सञ्चालन गर्न माग गरेका थिए।

उद्योग–व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठका अनुसार, सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाइए पनि सुनुवाइ नहुँदा बाध्य भएर सडकमा उत्रनु परेको हो। उनले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भिसा प्रक्रिया, र मेडिकल जाँच केन्द्र स्थापना गर्न माग गरे। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, सरकारले पटक–पटक वाचा गरेर व्यवसायी र स्थानीय जनताको आँखामा धूलो हालीरहेको छ।

अब पनि बेवास्ता गरिए कडा आन्दोलनको बाटो रोज्नेछौं। त्यस्तै, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल निष्क्रिय हुनुको स्पष्ट कारण सरकार आफैंले सार्वजनिक गर्नुपर्ने माग गरे। हामीलाई दबाब दिनु रहर होइन, बाध्यता हो,ू उनले भने, सरकारले व्यवसायीको ऋण बोझ र पीडा देख्नुपर्छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान स्थगनले पर्यटन क्षेत्रमा गम्भीर प्रभाव पारेको छ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठका अनुसार, एक वर्षअघि पनि यस्तो दबाब कार्यक्रम सञ्चालन गरिएकै थियो, तर सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमै गएर दबाब दिनुपरेको थियो।

श्रेष्ठले जोड दिए, अब सम्पूर्ण रुपन्देही एकजुट भएर आवाज नउठाए, हाम्रो माग कहिल्यै सुन्नेवाला देखिँदैन।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर