१८ पुस २०८२, शुक्रबार । January 3, 2026

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध



जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा आएको बाढीले हुलाकी राजमार्ग पूर्णरूपमा ठप्प भएको छ।

सोमबार रातिदेखि परेको भारी वर्षाका कारण कमलामा आएको बाढीले सिरहा र धनुषालाई जोड्ने अस्थायी बाँसको पुल बगाएको हो। यसपछि सिरहा नगरपालिका–६ मा आवत–जावत ठप्प भएको वडा अध्यक्ष इन्द्रजीत यादवले जानकारी दिए। उनका अनुसार यो अस्थायी पुल सिरहा नगरपालिकाले स्थानीय आवत–जावत सहज बनाउन बनाएको थियो।

तर बाढीको भेलले पुल बगाएपछि सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। कमला नदीमा निर्माणाधीन पक्की पुल २०७८ सालको असार महिनामा तीन वटा पिलर भासिएपछि काम अवरुद्ध भएको थियो। ठेकेदार कम्पनीले नयाँ पिलर राखी पुल सम्पन्न गर्ने सहमति गरेपनि हालसम्म काम अघि नबढेको यादवको भनाइ छ।

पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारको प्रयासमा अस्थायी बाँसको पुल निर्माण गरिएको थियो। तर अहिले त्यो पनि बाढीले बगाएपछि सिरहा–धनुषा बीच यातायात सेवा बन्द भएको छ।

यात्रुहरू बिचल्लीमा परेका छन् भने स्थानिय बासिन्दाले दैनिक आवत–जावतमा सास्ती खेप्नुपरेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together