१ माघ २०८२, बुधबार । January 15, 2026

दाउन्नेमा सडक फेरि अवरुद्ध ! चिप्लो सडकमा गाडी चिप्लिए



दाउन्ने । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रमा आज विहानदेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार विहान करिब ९स्१५ बजेपछि परेको वर्षाले बाटो चिप्लो र हिलो बनेपछि सवारी सञ्चालनमा अवरोध पुगेको हो। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिरमाथिको क्षेत्र र पैसठ्ठी मोडु नजिकैको सडक भाग विशेषगरी हिलो र चिप्लो बनेकोले सवारी दुर्घटनाको जोखिमसमेत बढेको जनाइएको छ।

यसअघि आइतबार पनि यस्तै वर्षाका कारण दिनभर सडक अवरुद्ध भएको थियो। दाउन्ने क्षेत्रको करिब १४ किलोमिटर सडक खण्डमा अहिले राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सवारी चल्न नदिई निर्माण कार्य भइरहेको छ। सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीका अनुसार हाल डाँडा काट्ने, कल्भर्ट निर्माण, सडक ढलान तथा पिच गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

तर, वर्षा र चिप्लो सडकले निर्माण कार्यमा पनि चुनौती थपिएको बताइएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले